Logo

प्रमुख समाचार

जुम्लामा फोरजी सेवा सञ्चालन



नेपाल टेलिकम शाखा जुम्लाले फोरजी सेवा सञ्चालन गरेको छ । सदरमुकामलाई लक्षित गरी तीनवटा स्तम्भबाट फोरजी सेवा विस्तार गरिएको नेपाल टेलिकम शाखा जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले बताए ।

नेपाल टेलिकममा रहेको टावर, आचार्यवाडा माथिको डाँडामा रहेको स्तम्भ र भारतिवाडामा रहेको टावरबाट फोरजी सेवा शुरु भएकाले घरमै बसेर इन्टरनेट सहजै चलाउन सकिने श्रेष्ठले बताए ।

देश–विदेशका सूचना घरमै बसेर जानकारी लिनका लागि जुम्लामा फोरजी सेवा सञ्चालन गरिएको र आचार्यवाडा रहेको टावरमा फोरजी सेवा जडान गरिएको हुनाले गुठीचौर गाउँपालिकाअन्तर्गतका ३, ४ र ५ नं वडामा फोरजी सेवाले काम गरेकाले इन्टरनेटबाट वडापालिकामा गरिने कामलाई सहज र सजिलो हुने मोबाइल डाटा प्रयोगकर्ताहरुका लागि फोरजी सेवाले महत्वपूर्ण फाइदा गर्ने कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।

टुजी र थ्रीजी सेवा प्रयोग गर्दै आएका जुम्लावासी अबदेखि फोरजी सेवा प्रयोग गर्न पाउने स्थानीय नर रावतले बताए ।

पाँच सय थान सिमकार्ड

कार्यालयबाट विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गर्दै आएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिएको टेलिकम कार्यालय जुम्लाले जनाएको छ ।

१० रुपैयाँ ब्यालेन्स, ६० एमबी डाटा, ४० मिनेट भ्वाइस प्याक र २० वटा एसएमएस सुविधा भएको ५ सय थान सिमकार्ड वितरण गरिएको र ग्राहक सङ्ख्यामा वृद्धि गर्न तथा सञ्चारको पहुँचमा विद्यार्थीलाई सहभागी गराउन निःशुल्क सिमकार्ड वितरण गरिएको बताएको छ । रासस

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार १२:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।