Logo

मनोरञ्जन

‘हंगामा–२’ मा शिल्पा



बलिउड अभिनेत्री शिल्पा सेट्टी छिट्टै ‘हंगामा–२’ मा देखिँदैछिन् । चलचित्रमा शिल्पाको साथमा परेश रावल, जावेद जाफरीका छोरा मिजान जाफरी र प्रनिता सुभास मुख्य भूमिकामा रहेका छन् ।

यो चलचित्रको सुटिङ सुरु भइसकेको छ । चलचित्रको सेटबाट उनको एक भिडियो पनि सार्वजनिक भएको छ । शिल्पाले आफ्नो सोसल मिडिया अकाउन्टमा हंगामाको सेटबाट भिडियो सेयर गरेकी हुन् । भिडियोमा शिल्पाले चलचित्रको बारेमा बोलेकी छिन् । शिल्पाले भनिन्, ‘नयाँ फिल्म र नयाँ साल । नयाँ उमंगसँग हंगामा– २ को सुटिङ गर्दैछु । मेरो मनपर्ने निर्देशकसँग म पहिलो पटक काम गर्दैछु । बहुत हंगामा गर्ने छौं ।’

भिडियोमा चलचित्रलाई लिएर उनी खुसी देखिएकी छिन् । भिडियो सेयर गर्दै उनले लेखेकी छन, ‘नयाँ सुरुआत हंगामा–२, नर्भस, एक्साइटेड, हम्बल र ब्लेस्डजस्ता सोचाइ आइरहेका छन् । तपाईंको प्रेम र र सपोर्टको जरुरत छ ।’ २००३ मा रिलिज भएको हंगामा अक्षय खन्ना, रिमी सेन, आफताव शिव दासानी, परेश रावल र सोमा आनन्द थिए । एजेन्सी

प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०८:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।