चलचित्र विकास बोर्डमा अध्यक्ष खाली भएसँगै अकांक्षीहरूको दौडधुप सुरु भएको छ । गत मंसिर २ गते तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन भएसँगै उक्त रिक्त रहेको छ । नयाँ अध्यक्षका लागि आकांक्षीहरूले दौडधुप गर्दै आएका छन् ।
बोर्डको नयाँ अध्यक्षका लागि महानायक राजेश हमाल, नायक भुवन केसी देखि निर्देशक केपी पाठकसम्म दौडधुपमा रहेको स्रोतले बताएको छ । चलचित्र क्षेत्रको सर्वोच्च संस्था बोर्डमा अध्यक्ष हुने निर्देशक दयाराम दाहाल, नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, आकाश अधिकारीहरु पनि दौडधुपमा रहेका छन् ।
महानायक हमाल र नायक भुवनले समेत बोर्डको अध्यक्षका लागि इच्छादेखाएपछि दौडलाई थप रोचक ढंगले हेरिएको छ । सरकारले भने अहिलेसम्म बोर्डको नयाँ अध्यक्षका लागि विज्ञापन गरेको छैन् । त्यसकारण पनि तत्कालै बोर्डमा नयाँ अध्यक्ष नियुक्त हुने सम्भावना भने छैन ।
दौडधुप गरिरहेका मध्य दयाराम दाहाल अध्यक्षका बलिया प्रतिस्पर्धी रहेको स्रोतले दावी गरेको छ । निर्देशक दयारामलाई सूचना, संचार तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाको बलिायो साथ रहेको चलचि क्षेत्रमा चर्चा हुने गरेको छ । महानायक हमाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो देखाएकाले उनि पनि बलियो सम्भावनाका रुपमा रहेका छन् ।
यस्तो होडबाजी चलेका बेला नायक भुवन केसीले पनि चलचित्रकर्मीको हक हितका लािग आफूले काम गर्न सक्ने र चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, निर्देशक, निर्माताको भावअनुसार चलचित्र क्षेत्रमा सबैलाई एकजुट बनाएर अगाडि बढाउन आवश्यक ठानेको बताएका छन् ।















प्रतिक्रिया