Logo

अनलाइनपाना खोज

सभामुख सापकोटाले पद तथा गोपनीयताको सपथ लिए



नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रतिनिधिसभाले आइतबार ४ महिना लामो रिक्तता अन्त्य गर्दै सापकोटालाई निर्विरोध सभामुखमा निर्वाचित भएका थिए । सभामुखमा निर्वाचित भएको भोलिपल्टै सापकोटालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए । योसँगै अब प्रतिनिधिसभा सञ्चालन गर्न बाटो खुलेको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार १२:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।