रुपन्देहीमा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइत भएका छन् । जिल्लको रोहिणी गाउँपालिका– ४ स्वीलिहवामा घएको दुर्घटनामा पाल्ही नन्दन गाउँपालिका–४ का अन्दाजी ३५ वर्षीय लालु कुर्मी र भविकन कुर्मी छन् । अर्का मृतक पूर्णबहादुर भुजेलको ठेगाना नखुले प्रहरीले जानकारी दिएको छ ।
भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किएका हुन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ । उपचारार्थ भीम अस्पतालमा रहेका घाइततेमध्ये ट्रक चालक तनहुँका विरेन्द्र गुरुङ, पाल्हीनन्दन नवलपरासीका अखिलेश यादव, मनिष धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजन छन् ।
मेडिकल कलेजमा उपचार जारी रहेनेमा नवलपरासी पाल्हीनन्दन ४ का २७ वर्षीय विनोद धवल, ४० वर्षीय दुधही हरिजन, २७ वर्षीय मोहन राय र ३२ वर्षीय सुवास कुर्मी रहेका छन् । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।





















प्रतिक्रिया