हिरासतभित्रै झुण्डिएर आत्महत्याको प्रयास गरेका एक अभियुक्तको मृत्यु भएको छ । काठमाडौं महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा रहेका लागूऔषध मुद्दाका अभियुक्त हेम राउतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
राउतले आइतबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा झुण्डिएर आत्महत्याको प्रयास गरेको बानेश्वरका प्रहरी प्रमुख दुर्गाराज रेग्मीले जानकारी दिए ।
प्रहरीले देख्ने वित्तिकै तत्काल उद्दार गरेर सिभिल अस्पताल पु¥याएको थियो । तर गएराति राउतको मृत्यु भएको चिकित्सकले घोषणा गरेको रेग्मीले बताए । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइएको छ ।
रावत पटकपटक पक्राउ परेका व्यक्ति भएको प्रहरी तथ्यांकमा उल्ले छ । प्रहरी रेकर्डमा राउत तीन पटक धरौटीमा छुटेको देखिने काठमाडौं प्रहरी परिसरले जनाएको छ ।





















प्रतिक्रिया