पत्रकारिता गर्न लाइसेन्स चाहिने व्यवस्था हटाउन नेपाल पत्रकार महासंघले आग्रह गरेको छ । पत्रकारलाई लाइसेन्स नचाहिने नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको भनाइ छ ।
संसदको विधायन समितिले मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारलाई लाइसेन्स लिने प्रावधान प्रस्ताव गरेपछि अध्यक्ष आचार्यले पत्रकारलाई लाइसेन्स आवश्यक नपर्ने भएकाले उक्त व्यवस्था हटाउन आग्रह गरेका छन् । राजनीति, समाजसेवा, पत्रकारितालगायत अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा लाइसेन्स उनको भनाइ छ ।
नागरिकले जुनसुकै माध्यमबाट पनि अभिव्यक्ति सार्वजनिक गर्न सक्ने भएकाले कस्तो मान्छेलाई लाइसेन्स दिने भन्दै प्रश्नसमेत गरे । लाइसेन्स नलिएर सञ्चार माध्यममा काम गरेमा के गर्नुहुन्छ ? अध्यक्ष आचार्यको पश्न थियो ।
विधेयकमा भएका जरिवाना हटाउने, काउन्सिल गठनलगायतका केही प्रावधानमा सकारात्मक परिवर्तन भएको उनको भनाइ छ । महासंघले उठाएको माग आशिंक रुपमा मात्रै सम्बोधन भएको उनले बताए ।





















प्रतिक्रिया