Logo

अनलाइनपाना खोज

ललिता निवास जग्गा प्रकरणमा अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको भनिएका आरोपितहरू माथि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले आफ्नै पूर्व आयुक्त दिप बस्नेत सहित त्यसबेलाका उपप्रधान तथ भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र अर्का पूर्वमन्त्री चन्द्रदेव जोशीबिरुद्ध मुद्दा दायर गरेको जानकारी बाहिरिएको छ । अख्तियारले यस प्रकरणमा १७५ जनाबिरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

बालुवाटारको २ सय ९९ रोपनीमध्ये १ सय १४ रोपनी सरकारी जग्गा ब्यक्तिको नाममा सारी भ्रष्टाचार गरेको देखिएपछि सरकारले छानबिन शुरु गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटार जग्गा ब्यक्तिका नाममा सर्ने प्रकरणको अनुसन्धान गरी गत शुक्रबार मात्रै गृह मन्त्रालय र अख्तियारलाई प्रतिवेदन बुझाएको थियो ।

सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार १७:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।