Logo

मनोरञ्जन

रचनाकार राजु बाबु श्रेष्ठको शब्दमा जुनु गौतमको “बिहानी …” सार्वजनिक



गीतकार राजु बाबु श्रेष्ठको गीतमा गायिका जुनु गौतमको आवाजमा “बिहानी ..” बोलको गीत सार्वजनिक भएको छ . “अजम्बरी” एल्बममा समाबेस रहेको यस गीतलाई संगीतकार अनिश श्रेष्ठले संगीत भरेका छन । त्यस्तै यस गीतको भिडियोलाई नेपाली चलचित्र नगरीको सफल कोरियोग्राफर प्रदिप श्रेष्ठले निर्देशन गरेका छन ।

करिब आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका लिड मोडलहरू चन्द्र पुलामी र मनिता खुलाल लाई फिचर्ड गरिएको यस गीतलाई फरक तरिकाले निर्देशक श्रेष्ठले तयार गरेका छन । गीतकार राजु बाबु श्रेष्ठको गीतहरुले नेपाली सांगीतिक आकाशमा सफलाता पाएका धेरै यस्ता गीतहरु छन र यो गीत पनि त्यहि सफलताको आकाशमा पुग्नेमा ढुक्क रहेको बताए संगीतकार अनिश श्रेष्ठले ।

करिब दुई दर्जन भन्दा बढी गीत गाइसकेकि गायिका जुनु गौतमको यस गीतमा फरक गायकी पन सुन्न सकिने छ। यो गीत मैले अलिकति फरक तरिकामा गएको छु आशा छ गीतले दर्शक श्रोताको मनमा बास पक्कै पनि पाउने छ उनले भनिन ।गीतको भिडियो लाई युश ढकालले खिचेकाछन भने सम्पादन जितेन्द्र राजोपाध्याको रहेको छ।

 

 

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार १२:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।