Logo

मनोरञ्जन

सिजन १३ को बिग बोसको उपाधि सिद्धार्थ शुक्लालाई



चर्चित तथा निकै विवादित भारतीय रियालिटी टेलिभिजन शो बिग बोसको उपाधि सिद्धार्थ शुक्लाले जितेका छन ।

उनले उपाधिसँगै ५० लाख भारु तथा कार जितेका छन् । साढे चार महिना चलेको रियालिटी शोको फाइनलमा ६ प्रतिस्पर्धी थिए । शुक्लाले आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडालाई पछि पारेका हुन् ।

फाइनलमा सबैभन्दा पहिले बाहिरएका छाबडाले १० लाख भारु लिएर आफूलाई विजेता बन्ने होडबाट हटाएका हुन् । त्यसपछि मतको आधारमा आरती सिंह, रश्मि देसाई र शहनाज गिल बाहिरिए ।

फाइनलमा यो शो को सबैभन्दा चर्चित जोडी थिए, सिद्धार्थ शुक्ला र आसिम रियाज । शोमा यी दुईबिच पहिले मित्रता र त्यसपछि दश्मनी देखिएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार ११:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।