Logo

अन्तर्राष्ट्रिय

कोरोनाभाइरसको त्रास: मंगोलियाका राष्ट्रपति नै क्वारेन्टाइनमा



कोरोनाभाइरसको उद्गम स्थल मानिएको चीन भ्रमणबाट स्वदेश फर्केका मंगोलियाका राष्ट्रपतिलाई नै त्याहाँको स्वास्थ विभागले १४ दिनका लागि क्वारेन्टाइनमा बस्न लगाएको छ ।

चीन भ्रमणमा गएका राष्ट्रपति बात्तुल्गा खल्त्मा र उनको प्रतिनिधिमण्डललाई नै स्वदेश फर्के लगत्तै विमानस्थल बाटै क्वारेन्टाइनका लागि पठाइएको हो ।

कोरोना भाइरसको महामारी पछि चीन भ्रमण गर्ने खल्त्मा पहिलो विदेशी राष्ट्रप्रमुख हुन । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली केचियाङ्संँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार १६:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।