कोरोनाभाइरसको उद्गम स्थल मानिएको चीन भ्रमणबाट स्वदेश फर्केका मंगोलियाका राष्ट्रपतिलाई नै त्याहाँको स्वास्थ विभागले १४ दिनका लागि क्वारेन्टाइनमा बस्न लगाएको छ ।
चीन भ्रमणमा गएका राष्ट्रपति बात्तुल्गा खल्त्मा र उनको प्रतिनिधिमण्डललाई नै स्वदेश फर्के लगत्तै विमानस्थल बाटै क्वारेन्टाइनका लागि पठाइएको हो ।
कोरोना भाइरसको महामारी पछि चीन भ्रमण गर्ने खल्त्मा पहिलो विदेशी राष्ट्रप्रमुख हुन । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली केचियाङ्संँग भेटवार्ता गरेका थिए ।
















प्रतिक्रिया