Logo

अन्तर्राष्ट्रिय

जब जन्मिएको ४ मिनेटमै विश्वभर भाइरल भइन् …



मानिसहरु चर्चामा आउन वा भाइरल हुन के सम्म गर्दैनन् । तर अनेकौं प्रयास गर्दा पनि कतिपय अवस्था बाहेक मानिस भाइरल हुन सक्दैनन् । तर ब्राजिलकी एक नवजात शिशु जन्मिएको ४ मिनेटमा नै यति भाइरल भइन् कि विश्वभर उनको चर्चा चुलिएको छ ।

यसरी जन्मिएको ४ मिनेटमा नै भाइरल हुने नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । दक्षिण अमेरीकी मुलुक ब्राजिलको रियो दी जेनेरियोमा एक बालिका जन्मनसाथ भाइरल बनेकी हुन् । यसरी भाइरल हुनुको पछाडि भने उनको अनुहारको भाव (फेसियल एक्सप्रेसन) हो ।

खासमा शिशु जन्म भएपछि चार मिनेटमा नै चिकित्सकले उनको नाभी काट्न खोजे । तर जन्मदा नरोएकी शिशुको नाभी काट्नुअघि उनलाई रुवाउन आवश्यक थियो । तर जसै चिकित्सकले उनलाई रुवाउन कोशिस गरे शिशुले एकाएक रिसाएको भाव देखाइन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण उल्लासमय बनेको थियो । नाभी काटेपछि भने उक्त नवजात शिशु (बालिका) रोएकी थिइन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार १०:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।