अभिनेता अनमोल केसी विरुद्ध ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसरमा उजुरी परेको छ । चलचित्र ‘धुपौरे’ मा अभिनय गर्ने सम्झौता गरेर एड्भान्स रकम पनि लिइसकेपछि अन्त्यमा चलचित्र नखेलेपछि उनी विरुद्ध ठगीको उजुरी परेको हो ।
चलचित्र निर्माता रुपेन्द्र खड्गी र जयन श्रेष्ठले केसीविरुद्ध ठगीको उजुरी दिएका हुन् । उजुरीपछि दुबै पक्षलाई सम्पर्कमा ल्याएर सहमति गराउने कोशिशमा महानगरीय प्रहरी लागेको छ ।
चलचित्र ‘धुपौरे’ का लागि ४० लाख पारिश्रमिक दिने गरि सम्झौता गरेका अनमोल र ‘धुपौरे’ निर्माताद्वयले चलचित्र सुटिङमा जाने बेलामा कथा मन नपरेको भन्दै अनमोल सम्झौताबाहिर गएर आफूहरूलाई ठगी गरेको निर्माताको आरोप छ ।
अनमोलसँग पटकपटक सम्पर्क गर्ने प्रयास समेत असफल भएपछि बाध्य भएर कानुनको सहारा लिनुपरेको निर्माताद्वयको भनाइ छ । सहमतिमा ल्याउने प्रयास असफल भए कानुनी कार्वाहीको लागि पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भै रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।





















प्रतिक्रिया