उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य कि अर्थमन्त्री युवराज खतिवडालाई बनाउने भन्नेमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र ठूलो विवाद छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री खतिवडालाई राष्ट्रियसभा सदस्य बनाउन चाहान्छन भने सचिवालयका बहुमत सदस्य उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनुपर्ने पक्षमा छन् । यहि विवादमा रूमल्लिएको सत्तारूढ नेकपामा वरिष्ठ नेता माधवकुमार नेपालको सक्रियता भने हेर्न लायक छ ।
पार्टी एकता पछिको केही समय दुबै अध्यक्षको प्राथमिकतामा नपरेका नेता नेपाल पार्टीभित्र विवाद बल्झदैं गएपछि आफ्नो स्पेस फराकिलो पार्ने अवसर मात्रै पाएका छैनन् । ओलीलाई विस्थापित गरेर प्रधानमन्त्री बन्ने ध्याउन्नमा लागिसकेको स्रोतको दावी छ ।
यो बिचमा वरिष्ठ नेता नेपालले बालुवाटारमा प्रधानमन्त्री ओली देखि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष गौतम देखि अधिकांश सचिवालय सदस्यसँग भेटेका छन् नै त्यो सँगै आफ्नो समूहका नेताहरूलाई समेत अब पार्टीमा आफूहरूको भूमिका र अवस्था फेरिएको भन्दै खुशियाली मनाउँदै हिंडिरहेका छन् ।
पार्टीभित्रको विवाद समाधानका लागि भन्दै आफ्नो सक्रियता बढाएका नेता नेपालले ओली इतर समूहबाट आफू आगामी प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार भएको भन्दै प्रधानमन्त्री ओलीसँग बार्गेनिङ समेत गरिरहेका छन् । नेपाल समूहले समर्थन गरे पार्टीभित्र आफ्नो पक्षको बहुमत हुने अवस्था देखेका प्रधानमन्त्री ओली पनि नेता नेपाललाई विभिन्न अफर गरिरहेका छन् ।
उपयुक्त समयमा नेता नेपाललाई नै प्रधानमन्त्री आश्वासन प्रधानमन्त्री ओलीबाट नेता नेपालले पाएको नेकपा वृत्तमा चर्चा छ । यसैले नेता नेपाल अहिले दुबै अध्यक्षको समदुरीमा बसेर सकेजती लाभ लिने रणनीतिमा व्यस्त छन् । प्रधानमन्त्री ओलीलाई राष्ट्रियसभामा गौतम र खतिवडा दुबैलाई मनोनीत नगर्न सुझाव दिने नेता पनि उनै नेपाल भएको बताइन्छ ।
अर्कोतिर नेता नेपालले प्रधानमन्त्रीको दावी छाडेर आफूलाई सहयोग गरे मन्त्रीमण्डल पुनर्गठन गरि नेपाल पक्षका कम्तीमा तीन जना मन्त्री थप्न समेत ओली तयार भएको खबर बाहिरिएको छ । तर नेता नेपालले भने आफूलाई प्रधानमन्त्री बनाउने भए कतिसमय पछि आफूलाई प्रधानमन्त्री बनाउने हो त्यो कार्यतालिका तय गरे अहिलेको विवाद समाधान गरिदिने प्रस्ताव गरेको स्रोत बताउँछ ।
पार्टीभित्रको विवादले आफ्नो गुमेको शक्ति फिर्ता पाएका वरिष्ठ नेता नेपाल कुनै पनि समय प्रधानमन्त्री बने आश्चर्य नहुने उनी निकट नेताहरूको भनाइ छ । ‘अहिले दुबै अध्यक्षको नेता नेपाल नै प्रिय हुनुहुन्छ त्यसैले दुबै अध्यक्षको प्रस्तावमा नेता नेपाल प्रधानमन्त्री बन्न सक्नुहुन्छ ।’ उनी निकट एक नेताले भने । यो सँगै आगामी प्रधानमन्त्रीमा नेता नेपालको सम्भावना बढेर गएको छ ।
















प्रतिक्रिया