‘भ्रष्टाचार विरोधी अभियान’ चलाउँदै आएका ज्ञानेन्द्र शाही उर्फ ज्ञान बहादुर शाही पछिल्लो समय निरन्तर आलोचित र आफ्ना अभियानमा असफल बन्दै जान थालेका छन् ।
उनी आबद्ध ‘नेपालका लागि नेपाली’ अभियान बाट निष्कासनमा परेका शाही त्यसपछि अझै आक्रमक बने । भ्रष्टाचार विरुद्ध सशक्त आवाज उठाउने व्यक्तिको परिचय बनाएका शाही आवद्ध भएको संस्था नै भ्रष्टाचार र अनियमितताको जगमा खडा भएको आलोचकहरूको मत थियो । अन्ततः शाहीले पनि यो कुराको पुष्टि गर्दै ‘नेपालका लागि नेपाली’ अभियानबाट अलग भए ।
भ्रष्टाचार विरुद्धको अभियानकै क्रममा सुर्खेत, चितवन र ललितपुरमा समेत उनी सांघातिक हमलाको शिकार बने उक्त घटनामा संलग्न भन्दै शाहिले सार्वजनिक रूपमा आरोपित गरेका व्यक्तिहरूले कहिल्यै कानुनी कारबाहीको सामना गर्नुपरेन । यसमा या त शाहीको आरोप गलत हुनुपर्थ्यो या त दोषीमाथी कार्वाही यो दुवै कुरा हुन नसक्दा आफूलाई परेको अन्यायको विरुद्ध लडेर दोषीलाई कार्वाही गराउन नसक्नेले भ्रष्टाचारमा डुबेको देशलाई कसरी निकास देला ? यस्ता किसिमका प्रश्न पनि बेलाबेला सामाजिक सञ्जालमा उठ्न थाले । यसको पनि चित्तबुझ्दो जवाफ दिन आवश्यक ठानेनन् उनले ।
नेपाली भू-भागलाई समेत आफ्नो दावी गर्दै भारतले नयाँ नक्सा जारी गरिसकेपछि राष्ट्र जोगाउन भन्दै शाही लिपुलेक र कालापानी जाने भन्दै त्यसतर्फ लागे । उनका विरोधीहरूले पनि राष्ट्रप्रतिको उनको भक्तीलाई सम्मान गरे । तर नत शाही अतिक्रमित नेपाली भू-भूभाग पुगेको कुनै पुष्टि भयो नत राष्ट्रियताको यो लडाइँमा उनी खडा उभिन नै सके । उल्टो शाही अतिक्रमित नेपाली भूभाग सम्म नपुगेको दावी गर्दै अर्को युवा समूह सामाजिक सञ्जालमै देखा पर्यो । यसको चित्तबुझ्दो जवाफ पनि उनले दिन आवश्यक ठानेनन् वा दिएनन् ।
आफ्नो दावी जस्तै गरी उनी राष्ट्रियताको पक्षमा डटेर लाग्ने हिम्मत गरेनन् । उनको राष्ट्रभक्ती पनि पानीको फोका जस्तै बिलाएर गयो । यही बिचमा उनी ‘नेपालका लागि नेपाली’ अभियान बाट हटाइए उनी आफ्नै बलबुतामा अगाडि बढ्न निरन्तर प्रयासरत रहे । यही बिचमा शाहिलाई अर्को अर्को मसला मिल्यो ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) शाही जोडतोडले एमसीसीको विरोधमा उत्रिए ।
एमसीसीको विरोध गर्दै उनले एमसीसीको विरोधमा हस्ताक्षर अभियान नै सञ्चालन गर्ने निर्णय गरे । देश विदेशमा सञ्चालन गरिएको उक्त अभियानमा एक करोड भन्दा धेरै हस्ताक्षर गरिएको उनको समूहको भनाइ छ । एमसीसीको विरोधमा पटकपटक माइतीघरमा भेला हुँदा शाहीले एमसीसीको विरोधमा चर्चित सञ्चारकर्मी रवि लामिछाने, महानायक राजेश हमाल जस्ता पब्लिक फिगरहरूले आफ्नो आन्दोलनलाई सहयोग नगरेको झोंकमा टेलिभिजनको स्टुडियोमा कुर्लदैंमा देश र राष्ट्रियता नजोगिने उद्घोष गरे ।
यो प्रकरणपछि सामाजिक सञ्जालमा लोकप्रिय रहेका सञ्चारकर्मी लामिछाने र शाही समर्थक बिच सामाजिक सञ्जालमै आरोप प्रत्यारोपमा उत्रिए । जुन आजसम्म पनि जारी नै छ । त्यही बिचमा एमसीसी संसदबाट अनुमोदन नगर्ने पक्षमा संकलन गरिएका हस्ताक्षर सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने भनेर घोषणा गरेपनि त्यो अहिलेसम्म पूरा हुन सकेको छैन् । आफ्ना समर्थकहरू सहित सामूहिक रूपमा सडकबाटै हस्ताक्षर बुझाउने शाहीको प्रयासलाई सभामुख सापकोटाले ४/५ जना प्रतिनिधि मात्रै आएर हस्ताक्षर बुझाउने भएमात्र आफूले बुझ्नसक्ने भनेपछि अहिलेसम्म हस्ताक्षर बुझाउने अभियान अलपत्र छ ।
यही बिचमा शाहीले ‘हाम्रो नेपाल हामी नेपाली’ भन्ने अभियान सुरुवात गर्ने उद्घोष गरे । जसलाई पूर्व डिआइजी रमेश खरेल समेत सहभागी हुने भनेर चर्चा चल्यो । खरेलले पनि सहभागी हुन्छु भन्ने वचन दिए । तर अन्त्यमा प्रहरी संगठनको चेन अफ कमान्डमा बसेका खरेल संगठनको पदिय संरचनामा असहमति जनाउँदै प्रवेश नगर्दै बाहिरिए ।
खरेलले पदिय बाँडफाँडको कुरालाई आधार बनाएर सहमत हुन नसकेको बताएपनि कुनै दीर्घकालीन सोच र अराजक शैलीमा प्रस्तुत हुने शाहीसँग हातेमालो नगर्न शुभेच्छुकले सुझाएपछि अन्तिममा आएर सहभागी नहुने निर्णय गरेको बताइन्छ । स्थानीय कम्तीमा जिल्ला स्तरबाट संगठन निर्माण गर्दै केन्द्रीय तहबाट संगठन घोषणा र पद बाँडफाँड गर्ने कुरामा भने खरेल पहिलेबाटै असहमत रहेको बताइन्छ । यो सँगै शाहीलाई फेरि एकपटक झटका लागेको छ ।
यो सँगै ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानमा पनि एकपटक ब्रेक लागेको छ । यो सँगै शाहिको आगामी कदम के हो ? हिजो उनले उठाउँदै आएका मुद्दा पुरा गर्ने आगामी कार्ययोजनाका बारेमा पनि कुनै स्पष्ट कार्ययोजना छैनन् । अर्कोतिर उनकै शिको गर्दै उनको जिबनशैली र उनको विरोध गर्ने एउटा समूह समेत खडा भै सकेको छ । भने मुलधारका राजनैतिक दलका लागि त उनी एउटा अराजकतावादी बाहेक केही होइनन् भन्ने भ्रम जरो गाडेर बसेको छ ।
त्यसकारण पनि शाहीले अब आफूलाई पुनः प्रमाणित गर्दै आफुले हिजो उठाएका तमाम मुद्दा प्रती आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना सहित अगाडि बढ्न आवश्यक छ । अन्यथा अरूको विरोध गरेर राजनैतिक भिडमा केही दिन बिक्ला सकिएला टिक्न कठिन छ । त्यसैले उनले आफ्ना आलोचकलाई चित्तबुझ्दो जवाफ र असफलता बाट पाठ सिकेर अगाडि बढ्न जरुरी छ ।





















प्रतिक्रिया