Logo

स्वास्थ्य

साउदीबाट फर्किएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण !



साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा कोरोना भाइरस (कोभिड – १९) को संक्रमणको संकेत देखिएको छ । कोरोना संक्रमणको संकेत देखिएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुर्‍याइएको छ ।

मंगलबार राती ९ बजे नेपाल फर्किएका उनको विमानस्थलस्थित हेल्थ डेक्समा खटिएका स्वास्थकर्मीले जाँच गर्दा उनमा कोरोना संक्रमणको संकेत देखिएको हो ।

कोरोनाको संकेत देखिएका उनलाई तत्काल एम्बुलेन्समा राखेर आइसोलेसका लागि टेकु अस्पताल पुर्‍याइएको थियो । मंगलबार नै कुवेत र कतारबाट आएका अन्य दुई व्यक्तिलाई पनि कोरोना संक्रमणको आशंकामा टेकु अस्पतालमा रेफर गरेको विमानस्थल हेल्थ डेक्सले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार १२:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।