Logo

स्वास्थ्य

सफल भयो प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण



प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपणको काम सफल भएको चिकित्सकहरूले जानकारी दिएका छन् ।

उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो । पहिलोपटक १२ बर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले यसपटक भने स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएका हुन् ।

प्रत्यारोपणको करिब २ घण्टामा होस् फर्किने चिकित्सकहरूले जनाएका छन् । प्रत्यारोपण बारे साँढे चार बजे पत्रकार सम्मेलन नै गरेर थप जानकारी दिने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार १५:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।