दोस्रोपटक मिर्गौलाको सफल प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थमा सुधार हुँदै गएको छ ।
प्रधानमन्त्री ओलीले बिहीबार बिहान कालो चिया र मनतातो पानी पिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालको पोष्ट अपरेशन वार्डमा राखिएको छ । अपरेशनपछि प्रधानमन्त्रीको स्वास्थमा सुधार हुँदै गएको र प्रत्यारोपण गरिएको मिर्गौलाले काम गरिरहेको चिकित्सकहरूको भनाइ छ ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार आगामी सोमबार सम्म प्रधानमन्त्रीको डिस्चार्ज हुने सम्भावना रहेको समेत जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदान गर्ने समिक्षा संग्रौलाको पनि स्वास्थ अवस्था राम्रो रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।




















प्रतिक्रिया