Logo

स्वास्थ्य

विद्यार्थीलाई कम नम्बर ल्याएको भन्दै हात चिर्न लगाउने शिक्षिका पक्राउ



परिक्षामा कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरूलाई ब्लेडले हात चिर्न लगाएको अभियोग लागेकी काठमाडौको जडिबुटीस्थित जागृति एकेडेमीकि शिक्षिका सितालक्ष्मी कर्माचार्यलाई पक्राउ गरेको छ ।

बानेश्वर प्रहरी वृतको टोलीले शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकी शिक्षिका कर्माचार्यलाई अभद्र व्यवहार वा अमानवीय यातना के विषयमा मुद्दा चलाउने अनुसन्धानपछि मात्रै टुंगो लाग्ने जनाएको छ ।

शिक्षिका कर्माचार्यले बिहिवार कक्षाकोठा मै कक्षा ६ र ७ का गरी कुल ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिर्ने लगाएकी थिइन ।

विद्यालयका अनुसार गत साता कर्माचार्यले २० पूर्णाङ्कको परिक्षा लिएकी थिइन् । कर्माचार्य सामाजिक बिषयकी शिक्षिका हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार १७:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।