पूर्वयुवराज पारस शाहलाई पार्किन्सन्स भएको खुलासा भएको छ । जटिल किसिमका हृदयघातसमेत भएको पूर्वयुवराज शाहलाई पार्किन्सन्स भएको हो । यद्यपि यसबारे पूर्वयुवराज पारस तथा पूर्वराजपरिवारले भने औपचारिक रुपमा जानकारी गराएका छैनन् र यसलाई पुष्टि गर्ने खालका कुनै प्रतिक्रिया पनि आएको छैन । तर, पारसनिकट स्रोतकाअनुसार उनलाई पार्किन्सन्स भएको छ ।
पार्किन्सन्स उपचार उनले कहाँ गराएका छन् र के कस्तो औषधि सेवन गरिरहेका छन् भन्ने पनि खुलेको छैन । तर, केही समययता पूर्वयुवराज शाह पार्किन्सन्सबाट पीडित भएका छन् । पारिवारसँग भन्दा बाहिर बस्दै आएका उनी केही समय यता युट्युबर सोनिका रोकायसँगको उठबसले निकै चर्चामा थिए ।
हालै गोदावरीको जंगलमा साधुहरुसँग बसेको तस्बिर पनि सार्वजनिक भएको थियो । स्वतन्त्र रुपमा हिँड्न चाहने पूर्वयुवराज शाहलाई थाइल्याण्डमा रहँदा र पछि स्वदेश आएपछि गम्भीर प्रकृतिको हृदयघात भएको थियो ।




















प्रतिक्रिया