दाङ जिल्लाको भालुवाङ निवासी ३४ बर्षीया गायत्री घर्ती ब्रेन ट्युमर भएपछि विगत २ बर्षदेखी ब्रेन ट्युमरको उपचार गराइ रहेकी छिन् । अहिलेसम्म चारपटक ब्रेन ट्युमरको अपरेशन गराइसकेको र उपचार गराउन आफ्नो आर्थिक अवस्था नाजुक रहेको भन्दै बाँकी उपचार अगाडि बढाउन आर्थिक सहायताको पर्खाइमा रहेको बताएकी छिन् ।
२ बर्षको उपचार प्रक्रियामा आफ्नो सबै चल अचल सम्पत्ति सकिएको तथा उपचार प्रक्रिया जारी रहेको हुँदा आवश्यक औषधोपचार गराउनको लागि सहयोगको अपिल गरेकी हुन ।
आफ्नो उपचार प्रक्रियामा सबै सम्पत्ति सकिएपछि तिनवटा छोराहरूलाई पढाउन नसक्ने स्थिति भएको भन्दै उनले सहयोगको अपिल गरेकी हुन् ।
घर्तीलाई सहयोग गर्न चाहानुहुने सहयोगी दाताहरूले कर्णाली डेभलपमेन्ट बैंकको ०१२०१२००३००० ६३३८५०००००१ नम्बरको पिते घर्तीको नाममा रहेको खातामा सोझै सहायता गर्न सक्ने जनाइएको छ । र सहयोगका लागी ९८४५४२२५०२ वा ९८०९१८९१११ मा निराज रानाभाटलाई सम्पर्क गर्न सक्नुहुन्छ




















प्रतिक्रिया