Logo

स्वास्थ्य

कोरोना कहर: प्रिमियर लिग अप्रिल ४ सम्म स्थगित



इङलिस प्रिमियर लिग फुटबलका खेलहरू कोरोना भाइरसलाई मध्यनजर गर्दै आगामी ४ अप्रिल सम्मलाई स्थगित गरिएको छ ।

प्रिमियर लिगले आगामी चार अप्रिल पछि कोरोना भाइरसको संक्रमणको अवस्था हेरेर मात्र नयाँ तालिका सार्वजनिक गर्ने बताएको छ । प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटा र चेल्सीका खेलाडी कालुम हुड्सनलाई कोरोनाको संक्रमण देखिएको थियो ।

त्यसपछि बसेको फुटबल एसोसियसन र इङ्लिस प्रिमियर लिगको बैठकले खेल रोख्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १८:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।