Logo

अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा संकटकाल घोषणा



अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा गरिएको छ। विश्वव्यापी माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकाल घोषणा गरिएको बताएका छन्। तर, संकटकाल कति दिनसम्म लागू हुने भन्ने कुरा भने खुलाइएको छैन् ।अमेरिकी नागरिकलाई अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि सुझाव दिइएको छ ।

अमेरिकाले युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज ३० दिनकालागि बन्द गरिसकेको छ । बेलायत र आएरल्यान्डालाई भने अमेरिका प्रवेशमा रोक लगाइएको छैन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार १०:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।