Logo

अन्तर्राष्ट्रिय

स्पेनी प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमण



स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको भएको छ । स्पेनको सरकारले आइतवार दिएको जानकारी अनुसार प्रधानमन्त्री पत्नीको कोरोना संक्रमण जाँच पोजेटिभ देखिएको हो ।

प्रधानमन्त्री र उनकी पत्नीको स्वास्थ्य राम्रो भएको र उनीहरुले चिकित्सा अधिकारीहरुको निर्देशन अनुसरण गर्दै मड्रिडस्थित ला मोन्क्लोआ प्लालेसमा रहेको जनाइएको छ । यसअघि सान्चेज मन्त्रिमण्डलका दुई मन्त्रीको कोरोना भाइरस परीक्षण पनि सकारात्मक देखिएको थियो । उनीहरु दुबै जनाको स्वास्थ राम्रो रहेको स्पेनी सरकारले जनाएको छ ।

मन्त्रिपरिषद्का अन्य सदस्यको परीक्षण भने नेगेटिभ आएको थियो । स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ ।

स्पेनी सरकारले संक्रमणलाई ध्यानमा राख्दै देशमा आंशिक ‘लकडाउन’ सुरु गरेको छ । संक्रमित मध्ये करिब आधा जनसंख्या मड्रिडमा रहेको जनाइएको छ । कोरोना भाइरसको पहिलो केस जनवरीको अन्त्यमा देखिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार १२:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।