Logo

अन्तर्राष्ट्रिय

कोरोन संक्रमण रोक्न श्रीलङ्काका केही ठाउँमा कर्फ्यु



कोरोना भाइरसको संक्रमण फैलिन नदिन श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कर्फ्यु घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कर्फ्युको आदेश दिइएको अिधकारीले जनाएका छन् ।

प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागु हुनेगरी कफ्र्यू आदेश जारी भएको हो । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यू आदेश जारी गर्नुुपरेको अधिकारीहरुले जनाएका छन् । कर्फ्यु लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार १७:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।