Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस संक्रमणको शंका लागेका एक व्यक्तिले गरे आत्महत्या



कोरोना भाइरसको संक्रमण भएको आशंकामा आइसोलेसनमा राखेर उपचार गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

आत्महत्या गरेका व्यक्ति छिमेकी मुलुक भारतका हुन् । सफ्दरगञ्ज अस्पतालमा उपचाररत २३ वर्षीय एक युवकले अस्पतालको सातौ तलाबाट हामफालेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती व्यक्तिले बुधबार बेलुका आत्महत्या गरेको जनाइएको छ ।

ती युवालाई बुधबार बेलुका ९ बजेतिर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनलाई आइसोलेसन वार्डमा सारिएकोमा सवा ९ बजेतिर उनले हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्पताल रिफर गरिएको थियो । टाउको दुखेको भनेपछि उनलाई विमानस्थमै परीक्षण गरिएको थियो र त्यसपछि उनलाई अस्पताल पठाइएको हो ।

उनी एयर इन्डियाको फ्लाइटबा दिल्ली पुगेका थिए । उनी विगत एक वर्षदेखि अस्ट्रेलियाको सिड्नी बस्दै आएका थिए । बुधबार उनी पञ्जाबको नागपुरमा रहेको घर जानका लागि आएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार १०:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।