Logo

स्वास्थ्य

कोरोना भाइरस: ‘फेक’ अडियो भाइरल, नर्भिक अस्पतालले निकाल्यो विज्ञप्ति



विश्वभर कोरोना भाइरसको महामारी फैलिएको बेला जनमानसमा त्रास छ । यस्तोमा कोरोना भाइरस बारे अफवाह फैलाउन सामाजिक सञ्जालमा प्रयोग गरिएको अडियोबारे नेपाल प्रहरीले पनि अनुसन्धान थालेको जनाएको छ । उक्त अडियो ‘फेक’ रहेकोले भ्रममा नपर्न र आतंकित नहुन पनि आग्रह गरेको छ ।

उक्त अडियोका अनुसार थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरस संक्रमित विरामीको मृत्यु भएको हल्ला अफवाह मात्रै भएको भन्दै आपत्ति जनाएको छ । सामाजिक सञ्जालमा हल्ला भएजस्तो अस्पतालमा कुनै कोरोना भाइरस संक्रमितको मृत्यु नभएको नर्भिक अस्पतालले स्पष्ट पारेको छ ।

सामाजिक सञ्जालमा उठेको विषयमा ध्यानाकर्षण भएको भन्दै नर्भिक अस्पतालले निकालेको विज्ञप्ति:

अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई कोरोना लागेका एक जनाको मृत्यु भएको भन्ने हल्लाका पछि नलाग्न अस्पतालले आग्रह समेत गरेको छ । नर्भिक अस्पतालमा कोरोनाबारे कुनै परिक्षण नहुने अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालका अनुसार कोरोना भाइरसको परिक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै हुने समेत स्पष्ट पार्दै कोरोनाका बिरामी नर्भिकमा उपचाररत भन्ने हल्लामा सत्यता नभएको जनाएको हो ।

यस्तै नेपाल प्रहरीले भ्रामक अडियोमार्फत अफवाह फैलाउनेविरुद्ध प्रहरीको साइबर व्युरो परिचालित भैसकेको जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार १३:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।