जर्मन चान्सलर एङ्गेला मर्केललाई पनि कोरोना भाइरस (कोभिड – १९) को संक्रमण पुष्टि भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
६५ वर्षीय चान्सलर मर्केलले गएको शुक्रबार निमोनिया गराउने ब्याक्टेरिया विरुद्धको खोप लगाएकी थिइन् । त्यसअघि राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै चान्सलर मर्केल पनि क्वारेन्टाइनमा बसेको उनको कार्यलयले पुष्टि गरेको छ ।
चान्सलर मर्केलले टेलिभिजन सम्बोधनमा जर्मनीमा अब दुईजना भन्दा धेरै भेला हुन नपाउने घोषणा गरेकी छन् । कोरोना भाइरसको महामारी थप फैलिन नदिने प्रयासमा रहेको जर्मन सरकारले सार्वजनिक स्थानमा हुने भेलामा थप कडा नियम लागू गरेको हो ।
युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्था रहेको जर्मनीमा अहिलेसम्म करिब १९ हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको जनाइएको छ भने कोरोना भाइरसकै कारण ५५ जनाको मृत्यु भएको छ ।




















प्रतिक्रिया