Logo

राजनीति

कोरोना भाइरस: १४ दिन पूरा नेपाल ‘लकडाउन’ गर्न नेता पौडेलको प्रस्ताव



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंब युवा नेता प्रदिप पौडेलले १४ दिन पूरा नेपाल ‘लकडाउन’ गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।

धेरै देशका जनता तथा सरकारले हेलचेक्र्याई गर्दा कोरोना भाइरस (कोभिड – १९) फैलिएको भन्दै यसप्रति सचेत हुन पनि सरकार र सर्वसाधारणको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेता पौडेलले ‘धेरै देशका जनताहरूले कोरोना भाइरस (कोभिड – १९) लाई हेलचेक्र्याई गर्दा यो भाइरस धेरै फैलिएको र धेरै मानिस संक्रमित भएको देखिन गएको छ तसर्थ म नेपाल सरकारसँग कम्तीमा १४ दिन सम्पूर्ण नेपाल ‘लकडाउन’ गरौं ।’ लेखेका छन् ।

कोरोना भाइरस सम्बन्धि नेपाली जनतामा जुन त्रास छ त्यो हटाउने तर्फ हामी सबै एक भएर सरकारलाई साथ दिन समेत आग्रह गरेका छन् ।

नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण पुष्टि नभएपनि जनमानसमा भने त्रास व्याप्त छ । सरकारले पनि आजै बाट लागू हुनेगरी सम्पूर्ण अन्तराष्ट्रिय उडान, लामो दुरीका यातायात तथा अत्यावश्यक बाहेका सेवा समेत बन्द गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार १०:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।