विश्वभरि स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) महामारी नियन्त्रण गर्नको लागि नेपाल सरकारले लागु गरेको ‘लकडाउन’ सबै नागरिकले पालना गर्न र यसलाई सफल बनाउन भ्रष्टाचार विरुद्धका सामाजिक अभियान्ता सिद्धार्थ अधिकारीले अपिल गरेका छन् ।
कोरोना भाइरसको संक्रमण राजधानी काठमाडौमै देखा परिसकेको अवस्थामा सबै नागरिकले सचेतता पूर्वक सरकारले गरेको निर्णयको पालना गर्न कोरोना विरुद्धको लडाइमा साथ दिन अपिल गरेका हुन् ।
राजधानी काठमाडौ सहित देशका केहि स्थानमा नागरिकहरूले ‘लकडाउन’ को अवज्ञा गर्दै नागरिकहरू सडकमा निस्किरहेको भन्दै अत्यावश्यक काम बाहेक आफ्नो घरमै बसेर सरकारी कदमलाई साथ दिंदै कोरोना विरुद्धको यो लडाइलाई सहयोग गर्न पनि अपिल गरेका हुन् ।
कोरोना विरुद्धको लडाइ अझै भयावह हुनसक्ने भन्दै अभियान्ता अधिकारीले सरकारी निर्णयको अवज्ञा गरे सरकारले अझै यो भन्दा कडा कदम चाल्नसक्ने भन्दै उनले संकटको यस घडीमा नागरिक, सरकार र नेपालका हर नागरिकले मिलेर सामना गर्नुपर्ने उनको भनाइ छ ।
दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र कम आय भएका नागरिकको लागि सरकारले न्युनतम मानवीय आवश्यकतामा ध्यान दिएर सहायताको योजना बनाएर कार्यान्वयन गर्न समेत सुझाव दिए ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकार सोमबारबाट लागु हुनेगरी एक हप्ताको लागि देशभर ‘लकडाउन’ गर्ने निर्णय गरिसकेको छ ।




















प्रतिक्रिया