दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका सबै मजदुरलाई पाँच–पाँच हजार रुपैयाँ दिने बताएका छन् । कोरोना भाइरसका कारण मजदुरी गुमेका सबै निर्माण कार्यका मजदुरलाई राहत स्वरूप सो रकम दिने खबर भारतीय सञ्चार माध्यमले खवर सार्वजनिक गरेका छन् ।
दिल्ली बिल्डिङ एन्ड अदर कन्स्ट्रक्सन वर्कर्स बोर्ड (बीओसीडब्लू) मा दर्ता भएका सबै मजदुरले सो राहत पाउने बताइएको छ। बोर्डमा करिब ४ लाख मजदुर दर्ता भएको बीओसीडब्लूका अधिकारीले बताएका छन्।अन्य ज्याला मजदुरी गर्नेलाई भने सरकारले कुनै राहतको प्याकेज घोषणा नगरेको खवरहरुमा उल्लेख छ ।




















प्रतिक्रिया