Logo

प्रदेश

भारतबाट फर्किएका एक जनाको मृत्यु भएपछि, गुल्मीमा कोरोनाको त्रास



दश दिन पहिले भारतबाट घर आएका गुल्मी घमिरका एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्बर – ७ साविक घमिर गाविस वेदथलाका ६३ वर्षीय केयरसिंह विश्वकर्माको मृत्यु भएको हो ।

उनको मृत्युको कारण नखुलेपनि त्रासमा रहेका गाउँलेले कोरोना हो कि भन्ने आशंका व्यक्त गरेका छन् । पहिले देखि नै दमको रोगी विश्वकर्माले कतै पनि आफ्नो स्वास्थ जाँच नगराएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कोरोना सँग मिल्दोजुल्दो कुनै लक्षण नदेखिए पनि गाउँमा भने त्रासको वातावरण बनेको छ । उनी भारतको पञ्जावमा मजदुरीको काम गर्थे ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १०:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।