कोरोना भाइरस (कोभिड – १९) को संक्रमण फैलन नदिन सरकारले लागु गरेको ‘लकडाउन’ उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाका विभिन्न स्थान बाट नियन्त्रणमा लिएको छ ।
‘लकडाउन’ को अवज्ञा गर्ने १००० भन्दा बढी साना ठूला सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । अत्यावश्यक काममा निस्कने सवारी साधनलाई भने सामन्य चेकजाँच पछि जान दिइएको ट्राफिक महाशाखाको भनाइ छ ।
नियन्त्रणमा लिइएका सवारी साधनमा घर बाहिर निस्किएका सर्वसाधारणहरू ‘लकडाउन’ कस्तो चलिरहेको छ भन्ने हेर्नलाई निस्किएका मानिसहरूको संख्या धेरै रहेको ट्राफिक महाशाखाका एक अधिकृतले जानकारी दिए ।
‘लकडाउन’ को दोस्रो दिन सुरक्षाकर्मीहरूले पनि चेकजाँचलाई कडा बनाएको र अत्यावश्यक काम बाहेक बाहिर निस्केकालाई पुनः घरमै जान आग्रह गरेको समेत सुरक्षामा खटिएका प्रहरीले जानकारी दिएका छन् ।




















प्रतिक्रिया