Logo

प्रमुख समाचार

चीनबाट अत्यावश्यक कोरोना उपचार सामाग्री लिएर आयो नेपाली विमान



कोरोना भाइरस विरुद्धको अत्यावश्यक उपचार सामाग्री लिएर चीनबाट नेपाली विमान नेपाल आइपुगेको छ ।

विभिन्न चिनियाँ प्रान्तीय राज्य तथा संघ संस्थाले प्रदान गरेका व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) सहित अत्यावश्यक सामाग्री लिएर नेपाली विमान चीनको ग्याझाओबाट काठमाडौ आइपुगेको हो ।

सिचुवान प्रान्त, सिचुवान प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले प्रदान गरेको पिपिई सहितका अत्यावश्यक सामाग्री सहितको विमान आइतबार बिहान अपहरण भएको हो ।

सो विमानमा ज्याक मा फाउन्डेसन र अलिबाबाले सहयोग स्वरूप प्रदान गरेका माक्ससहितका सुरक्षात्मक सामाग्री पनि नेपाल ल्याइएको छ ।

नेपाल एयरलाइन्सको विमानबाट १२.६६ टन सामाग्री नेपाल ल्याइएको हो । अरू राज्यले प्रदान गरेका सहयोगहरू पनि क्रमशः आउने नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार ०८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।