कोरोना भाइरस विरुद्धको अत्यावश्यक उपचार सामाग्री लिएर चीनबाट नेपाली विमान नेपाल आइपुगेको छ ।
विभिन्न चिनियाँ प्रान्तीय राज्य तथा संघ संस्थाले प्रदान गरेका व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) सहित अत्यावश्यक सामाग्री लिएर नेपाली विमान चीनको ग्याझाओबाट काठमाडौ आइपुगेको हो ।
सिचुवान प्रान्त, सिचुवान प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले प्रदान गरेको पिपिई सहितका अत्यावश्यक सामाग्री सहितको विमान आइतबार बिहान अपहरण भएको हो ।
सो विमानमा ज्याक मा फाउन्डेसन र अलिबाबाले सहयोग स्वरूप प्रदान गरेका माक्ससहितका सुरक्षात्मक सामाग्री पनि नेपाल ल्याइएको छ ।
नेपाल एयरलाइन्सको विमानबाट १२.६६ टन सामाग्री नेपाल ल्याइएको हो । अरू राज्यले प्रदान गरेका सहयोगहरू पनि क्रमशः आउने नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ ।




















प्रतिक्रिया