कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धि उच्चस्तरीय समितिको बैठकले कोरोना संक्रमणको आशंका लागेका व्यक्तिलाई क्वारेन्टाइन बस्न नमान्नेलाई मुद्दा चलाउने तयारी गरेको छ ।
कोरोना संक्रमण विरुद्ध ‘लकडाउन’ गर्दा पनि कोरोना संक्रमित लगातार देखिएपछि सरकारले क्वारेन्टाइन बस्न नमान्नेलाई अब सरकारले नेपाल संक्रामक रोगअनुसार पक्राउ गरी मुद्दा चलाउने तयारी थालेको छ ।
खासगरी विदेशबाट नेपाल फर्किएकाहरूले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम नमानेपछि सरकारले कडाइ गर्न लागेको हो । क्वारेन्टाइन नबस्ने प्रवृत्तिले संक्रमण व्यापक हुने जोखिम बढेपछि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि उच्चस्तरीय समितिले उक्त निर्णय गरेको हो ।
कोरोना संक्रमण प्रमाणित भएका सँगै विदेशबाट आएका व्यक्ति समेत क्वारेन्टाइन बस्न नमान्दा नेपालमा पनि कोरोनाको जोखिम बढेको भन्दै यस्तो निर्णय गरिएको हो ।




















प्रतिक्रिया