Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरसलाई उत्पत्तिलाई लिएर रुसको यस्तो खुलासा



रुसले कोरोना भाइरस फैलनुमा अमेरिकाको भूमिका नभएको जनाउँदै उसबारे कोरोना भाइरसमा अमेरिकाको कुनै तथ्यांक नै नरहेको खुलासा गरेको हो । तर केही प्रश्न र आशंका बाँकी रहेकाले अमेरिकी सैन्य गतिविधि र जैविक गतिविधि गम्भीरता पूर्वक नियालिरहेको जनाएको छ ।

रुसी समाचार संस्था तासले रुसका विदेश मन्त्रालयका अधिकारीलाई स्रोतका रुपमा उल्लेख गर्दै आइतबार त्यस्तो कुनै तथ्यांक नभएपनि केही प्रश्न भने बाँकी रहेको जनाएको छ । सँसारमा पहिलो कोरोना भाइरसको केस कहाँबाट शुरु भयो भन्ने पनि महत्वपूर्ण अध्ययनको जरुरी हुने जनाइएको छ । अमेरिकाले चीनबाट कोरोना भाइरस उत्पन्न भई फैलिएको जनाउँदै आएको छ । तर, चीनले अन्य देशबाट भित्रिएको दाबी गर्दै आएको छ ।

रुसले निकै दुरीसम्मको अमेरिकी सैनिक र जैविक गतिविधिबारे अध्ययन गरिरहेको जनाएको छ । रुसी विदेश मन्त्रालयका अधिकारीले अमेरिकामाथि अझै केही प्रश्न बाँकी रहेको भनेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार ०७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।