Logo

प्रमुख समाचार

‘लकडाउन’ अबको ९ महिनापछि रिजल्ट



विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) ले विश्वनै ‘लकडाउन’ मा परेको छ । यो सँगै सामाजिक दुरी कायम गर्न पनि विज्ञहरूले आग्रह गरिरहेकै छन् ।

साथै घरबाट बाहिर ननिस्कन पनि आग्रह गरेको छ । यो ‘लकडाउन’ले कोरोना भाइरसको संक्रमणलाई फैलन भने पक्कै रोक्नेछ । त्यो सँगै अर्को फरक अनुमान समेत लगाउन थालिएको छ ।

आउने नयाँ वर्ष सन् २०२१ को सुरुवातमै विश्वकै जन्मदर तिव्र हुने अनुमान गरिएको छ अर्थात् विश्वभर जन्मिने बच्चाको संख्या तिव्र हुनेछ । ‘लकडाउन’ भएपछि विवाहित जोडिहरू घरमै कैद छन् । साथै उनिहरू फुर्सदिला पनि बनेका छन् ।

‘लकडाउन’ अत्यावश्यक बाहेकका सेवाहरू बन्द हुँदा विवाहित जोडिहरू पनि फुर्सदिला बनेका छन् । हार्ले थेरापीका क्लीनिकल निर्देशक डा. शेरी ज्याकबसनले आफ्नो रिसर्चमा आउने वर्षको सुरुवातमा बेबी बुम (Baby Boom Due To Lockdown) आउने उल्लेख गरेका छन् ।

डा. शेरीको अध्ययन बेलायतको भएपनि यो ‘लकडाउन’ भएका अधिकांश देशमा लागू हुनेछ । रिसर्चका अनुसार घरमा बसिरहनु पर्दा मानिसहरु बोर हुन थालेका छन्, यस्तो अवस्थामा तनाव भगाउनको लागि उनीहरुले शारीरिक सम्बन्धमा जोड दिने गर्दछन्, यहि कारणले गर्दा यस वर्षको अन्तिम र नयाँ वर्षको शुरुमा बेबी बुमको अत्याधिक धेरै जन्मिने सम्भावना रहेको छ ।

डा. शेरीले भने, ‘लकडाउनले गर्दा गर्भनिरोधक वा अस्थायी साधन बनाउने कम्पनीहरु बन्द छन्, यसै कारणले गर्दा बजारमा स्टक अस्थायी साधनहरु सकिसकेका छन्, यस्तो अवस्थामा बेबी बुम नयाँ वर्षको शुरुवातमा फूल जसरी देख्न मिल्ने छन् ।’

नेपालमा पनि हुन सक्छन् ‘बेबी बुम’

कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपालमा पनि लकडाउन गरिएको छ ।

कोरोनाबाट बच्नको लागि भन्दै नेपाल सरकारले पनि चैत्र ११ गतेदेखि पहिलो चरणमा चैत्र १८ सम्म र दोश्रो चरणमा १८ देखि थपेर २५ गते बेलुका ८ सम्मका लागि थप गरेको छ ।

२५ गतेसम्म घरबाट ननिस्किन सरकारले सबैमा अनुरोध गरेको छ । यसका साथै कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्न आदेश दिएका छन् । यस्तो अवस्थामा नेपालमा पनि यो अवस्था नआउला भन्न सकिन्न ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार ०७:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।