Logo

अन्तर्राष्ट्रिय

केही दिनमा संक्रमित १० लाख र मृतकको संख्या ५० हजार : विश्व स्वास्थ्य संगठन



विश्व स्वास्थ्य संगठनका प्रमुख डा. अधानोम टेड्रोसले कोरोना भाइरस रोगको संक्रमण बढ्दै जादा आफु निकै चिन्तित भएको बताएका छन । छ । पछिल्लो ५ हप्तामा विश्वका अधिकांस भाग,क्षेत्र र सीमामा नयाँ व्यक्तिहरुमा संक्रमण फैलिएको भन्दै अबको केही दिनमा नै संक्रमितको संख्या बढेर १० लाख र मृतकको संख्या ५० हजार पुग्ने उनले बताए ।

पछिल्लो सातामा मृत्युको संख्या दोब्बरले बढेको र नयाँ नयाँ देश र क्षेत्रमा संक्रमण देखिदै जादा ती देशहरुले स्रोत र साधनको अभावमा पनि सामम्रीहरुको व्यवस्था मिलाउन ,परीक्षण ,आइसोलेसनमा राख्न र संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचानमा डटेर लागेको देख्दा आफू हर्षित भएको संगठन प्रमुख टेड्रोसले जानकारी दिए । उनले भने,संक्रमण एक व्यक्तिबाट अर्काेमा सर्न र अन्यत्र क्षेत्रमा सर्नबाट रोक्न धेरै देशहरुले मानिसहरु घर भित्रै बसिरहेका छन् ,मानिसको गतिविधिमा रोक लगाइएको छ भनिरहेका छन् तर यस्तो अवस्थामा यसले गरिव समुदायको पहिचान गरि उनीहरुलाई खाना सहित आधारभुत आवश्यकता पुरा गर्नेतर्फ ध्यान जानुपर्छ मैले यस विषयमा देशका सरकारहरुलाई भनिसकेको छु ।

डा.टेड्रोसले उदाहरण दिदै भने, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २४ विलीयन डलरको प्याकेजको घोषणा गरे । ८ सय मिलियन गरिव तथा मजदुरीहरुलाई निशुल्क खाना तथा २ सय ४ मिलियन गरिब महिलालाई रकम ट्रान्सफर र ८० मिलियन घरलाई ३ महिनाका लागि ग्यास दिने निर्णय गरिएको छ । धेरै बिकसित देशहरुले सामाजिक सेवाका कार्यक्रमहरु कार्यान्वयन गर्न संघर्ष गरिरहेका छन् त्यस्ता देशहरुलाई ऋण दिने सम्बन्धमा मैले अन्तराष्ट्रिय मुद्रा कोषसंग पनि कुरा गरेको छु । ३ महिना अगाडि सम्म हामीलाई कोरोना भाइरसको बारेमा थाहा थिएन तर हामीले दिनदिनै यस सम्बन्धमा नयाँ नयाँ कुरा सिकिरहेका छौ त्यसैले कोरोना विरुद्ध एक भएर लडौ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार ०९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।