कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि थप्ने चर्चा सँगै यसपटक नेपाली नयाँ वर्ष २०७७ को पहिलो दिन समेत लकडाउनले निरन्तरता पाउने छ ।
नेपालमा छैटौं कोरोना संक्रमित फेला परेसँगै सरकारले लकडाउनको अवधि थप्ने तयारी गरेको सरकार निकट उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार लकडाउनको अवधी ५ वैशाख सम्म बनाउन अनौपचारिक समझदारी नै बनेको बताइन्छ ।
यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउनको घोषणा गरेको थियो । संक्रमितको संख्या थपिदैं गएपछि दोस्रोपटक थप गरिएको लकडाउन चैत २५ मा सकिदैंछ ।
बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा समेत लकडाउनको अवधि लम्ब्याउने सम्बन्धमा गहन छलफल भएको र लकडाउन थप गर्नको लागी मन्त्रीपरिषदमा सिफारिस गर्ने तयारी छ । लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।




















प्रतिक्रिया