Logo

अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरस कारण मृत्यु हुने मध्ये १५ जनाको सम्बन्ध तबलिगी जमात सँग



भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ। त्यसमध्ये १५ जना दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको धार्मिक कार्यक्रममा सहभागी भएकाहरु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार मार्चमा दिललीको तबलिगी जमातमा भएको कार्यक्रममा झण्डै चार हजार मानिस सामेल थिए । त्यसमध्ये केहीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

राजधानी दिल्लीमा झण्डै ३०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका मध्ये कम्तिमा १८२ जना तबलिगी जमातसँग जोडिएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार १३:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।