भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ। त्यसमध्ये १५ जना दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको धार्मिक कार्यक्रममा सहभागी भएकाहरु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
इन्डियन एक्सप्रेसका अनुसार मार्चमा दिललीको तबलिगी जमातमा भएको कार्यक्रममा झण्डै चार हजार मानिस सामेल थिए । त्यसमध्ये केहीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
राजधानी दिल्लीमा झण्डै ३०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका मध्ये कम्तिमा १८२ जना तबलिगी जमातसँग जोडिएका छन् ।




















प्रतिक्रिया