Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस: अमेरिकाले दुई लाख मास्क ‘चोरी’ गरेको आरोप



अमेरिकाले दुई लाख भन्दा बढी मास्क ‘चोरी’ आरोप लागेको छ । जर्मनीका लागि निकासा भएको मास्क अमेरिकाले आफ्नो प्रयोजनका लागि फिर्ता गरेको आरोप लागेको हो । जर्मनीले यसलाई ‘आधुनिक चोरी’ को शंज्ञा दिँदै निन्दा गरेको छ ।

अमेरिकामा निर्माण भएको मास्क लिएर आएको पानीजहाज बैंककमा कब्जामा लिइएको बर्लिन स्थानीय सरकारले बताएको छ । बर्लिन प्रहरीले मगाएको एफएफपी २ मास्क तोकिएको मिति स्थानमा आइ नपुगेको र सो मास्क अमेरिकाले जफत गरी आफ्नो प्रयोजनका लागि फिर्ता लगेको आरोप छ।

बैंककबाट मास्कसहितको पानी जहाज पुनः अमेरिकातिरै फर्काएको हुन सक्ने बर्लिनका आन्तरिक मामिला मन्त्री आन्द्रेस गैसेलले बताएका छन् । ती मास्क अमेरिकाको ३एम कम्पनीले निर्माण गरेको हो । सो कम्पनीलाई मास्क विदेश निर्यात नगर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार १०:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।