Logo

अन्तर्राष्ट्रिय

सडकमा ठूलो स्वरले गफ गर्दा रसियामा पाँच जनामाथि गोली प्रहार



रसियाको ऱ्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड–स्वरले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।

एएफपीका अनुसार कोरोना भाइरसका कारण स्थानीयवासीलाई आ–आफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए । मृत्यु भएकाहरुमा चार जना पुरुष र एक महिला छन् । यो घटना शनिबार (४ अप्रिल) राति १० बजे भएको थियो ।

राजधानी मस्कोबाट दक्षिणपूर्व करिव २०० किलोमिटर टाढाको ऱ्याजान क्षेत्रस्थित येलात्मा गाउँमा उक्त घटना भएको समाचारमा जनाइएको छ ।

प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफलसहित गिरफ्तार गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार १८:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।