Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस: जापानमा एक महिनाको आपतकाल घोषणा



कोरोना भाइरसको महामारीले प्रभावित जापानका ७ प्रान्तमा आपतकाल घोषणा गरिएको छ ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले संक्रमण प्रभावित ७ वटा प्रान्तमा एक महिनाको आपतकालीन अवस्था घोषणा गरेका हुन् ।आज (मंगलबार) देखि सुरु भएको आपतकालीन अवस्था आगामी मे ६ तारिखसम्म जारी रहनेछ ।

जापानको राजधानी टोकियोसहित साईतामा, चिबा, खानागावा, ओसाका, ह्योगो र फुकुओकालाई अहिलेका लागि आपतकाल घोषणा गरिएको प्रधानमन्त्री शिन्जो आबेले बताएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार ०७:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।