Logo

अन्तर्राष्ट्रिय

२०२० भित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरिसक्ने



रुसले सन् २०२० भित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरिसक्ने भएको छ । रुसको भ्याक्सिन निर्माता एजेन्सीले यसको पुष्टि गरेको छ ।

रुसी समाचार संस्था तासले फेडरल मेडिकल बाइयोलोजिनक एजेन्सीका प्रमुख भेरोनिका स्भोरटोसोभाको भनाई उदृत गर्दै यो वर्षको अन्तसम्ममा भ्याक्सिन विकास भइसक्ने आशा गरिएको जनाएको छ । जुनको मध्यसम्ममा प्रिक्लिनिकल चरणमा पुग्ने र पहिलो चरणको क्लिनिकल परीक्षण यस वर्षभित्र भइसक्ने भनेकी छिन् ।

रोसिया २४ टीभी च्यानलमा अन्तवार्ता दिदै स्भोरटोसोभाले यो वर्षको अन्तसम्मा यथार्थ चित्र आइसक्ने बताइन् । यो हप्ताभित्र नै एन्टि कोभिड १९ को एन्डीबोडी तयार भइसक्ने बताइन् । रुसले सटिक तरिकाले परीक्षण गर्न लागेको जनाएको छ ।

विश्वका शक्तिशाली देशहरु कोरोना भाइरसको भ्याक्सिन बनाउन सक्रिय भइरहँदा रुसले पनि यसै वर्षभित्र विकास गरिसक्ने जनाएको छ । अमेरिका, चीन, भारत, अष्ट्रेलियालगायतका देशहरु भ्याक्सिन बनाउने प्रतिष्पर्धामा छन् । उनीहरुले रिसर्चका लागि अरबौं डलर खर्च गरिरहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार १३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।