हार्वर्ड विश्वविद्यालयको एक अनुसन्धानले वायु प्रदूषण भएको ठाउँमा कोरोना भाइरसको संक्रमणको बढी सम्भवना रहेको देखाएको छ । विभिन्न ठाउँमा भएको कोरोना भाइरसको संक्रमण र त्यस ठाउँको वायु प्रदूषणको अध्ययन गरेर हार्वर्ड युनिभर्सिटीले यस्तो निष्कर्ष निकालेको हो ।
कम वायु प्रदूषण भएको ठाउँभन्दा बढी वायु प्रदूषण भएको ठाउँको कोरोना भाइरसको संक्रमण बढी देखिएको हो। अनुसन्धानकर्ताले वायु प्रदूषण र कोरोना भाइरसको असरबीच सम्बन्ध केलाएका छन् । लामो समय उच्च वायु प्रदूषणमा रहेकालाई कोरोना भाइरसको प्रभाव बढी रहने सम्भावना हुन्छ ।
अमेरिकी वैज्ञानिकको दाबी छ, अमेरिकामा कोरोना भाइरसका कारण एक लाखदेखि २४ लाखसम्म मानिसको ज्यान जान सक्छ र यो मानवीय क्षति बढी वायु प्रदूषण भएका क्षेत्रमा बढी हुन्छ । अध्ययनले न्युयोर्कमा वायु प्रदूषणको स्तर कम भएको भए केवल २ सय ४८ जनाको मात्र ज्यान जाने अनुमान गरेको छ। तर न्युयोर्कमा हालसम्म पाँच हजार ४ सय ८९ जनाको ज्यान गएको छ। न्युयोर्कका नजिकका ठाउँमा पनि मृत्युदर उच्च हुने सम्भावना रहेको अध्ययनले देखाएको छ ।
हार्वर्ड विश्वविधालयको केटीएच चान स्कुल अफ हेल्थ साइन्सले राष्ट्रव्यापी अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको हो । तर यो अध्ययनमा मृत्यु भएका वा संक्रमितमा भएका पुराना विरामको बारेमा भने ध्यान दिइएको छैन ।




















प्रतिक्रिया