Logo

अन्तर्राष्ट्रिय

कोरोनाको भाइरस: विश्वभर ८८ हजार भन्दा बढीको मृत्यु



कोरोना भाइरस महामारीका कारण हालसम्म विश्वभर ८८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभर १५ लाखभन्दा बढी संक्रमित छन् । नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ । १ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्य संक्रमितको उपचार भइरहेको छ ।

अमेरिकामा ४ लाख ३० हजार भन्दा बढीमा संक्रमण देखिएको छ भने १४ हजार मानिसले ज्यान गुमाइ सकेका छन् । मृत्युको संख्याका हिसाबले इटली अगाडि छ। त्यहाँ १७ हजारले भाइरसका कारण ज्यान गुमाए । स्पेनमा १४ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । त्यहाँ झण्डै एक लाख ५० हजार मानिस संक्रमित छन् ।

छिमेकी देश भारतमा पनि कोरोना फैलिरहेको छ । अहिलेसम्म ५ हजार संक्रमणका केस आएका छन् । विश्वस्वास्थ्य संगठनका अनुसार भारतमा १४९ जनाको मृत्यु भएको छ । बेलायतमा वुधबार एकै दिन ९ सय ३८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेम्म ७ हजार ९७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार ०९:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।