बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थमा उल्लेख्य सुधार भएपछि सघन उपचार कक्ष बाट जेनरल वार्डमा सारिएको छ ।
जोनसनको स्वास्थमा उल्लेख्य सुधार आएपछि उनलाई बिहिवार साँझ सघन उपचार कक्षबाट जेनरल वार्डमा सारिएको प्रधानमन्त्री कार्यलयले जानकारी दिएको छ ।
तीन दिनको आइसियू बसाइपछि स्वास्थमा सुधार आएसँगै जोनसनलाई जेनेरल वार्डमा सारिएपनि अझै उनको उपचार जारी रहनेछ ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनपछि स्वास्थमा समस्या भएपछि उनी आइतबार लण्डनको सेन्ट टमसेज अस्पतालमा भर्ना भएका थिए ।




















प्रतिक्रिया